३. समितिको गठनः
(१) बराहक्षेत्रको विकास तथा संरक्षण गर्न बृहत्तर बराहक्षेत्र विकास समिति नामको एउटा समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) बराहक्षेत्रमा स्थायी बसोवास गरेका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) बराहक्षेत्र रहेको जिल्लाका जिल्ला विकास समितिका सभापतिहरु –सदस्य
(ग) बराहक्षेत्र रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु –सदस्य
(घ) बराहक्षेत्र रहेको जिल्लाका मालपोत कार्यालयका प्रमुखहरु –सदस्य
(ङ) बराहक्षेत्र भित्रका नगरपालिका तथा गाउँ विकास समितिका प्रमुख तथा अध्यक्षहरु –सदस्य
(च) बराहक्षेत्रको विकास तथा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुमध्येबाट बराहक्षेत्र रहेको सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिला सहित मन्त्रालयले मनोनीत गरेका तीन जना –सदस्य
(छ) बराहक्षेत्र प्राचीन हरिद्वार चतराधाम आचार्य पीठ श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानका पीठाधीश वा निजले तोकेको सो प्रतिष्ठानको प्रतिनिधि –सदस्य
(ज) कार्यकारी निर्देशक –सदस्य– सचिव (३) उपदफा (२) को खण्ड (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो खण्डहरु बमोजिम विभिन्न जिल्लाबाट समितिमा प्रतिनिधित्व गर्ने जिल्ला विकास समितिका सभापति, प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालयका प्रमुख र नगरपालिकाका तथा गाउँ विकास समितिका प्रमुख तथा अध्यक्षमध्ये मन्त्रालयले तोकिदिए बमोजिमका जिल्लाका जिल्ला विकास समितिका सभापति, प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालयका प्रमुख र नगरपालिका तथा गाउँ विकास समितिका प्रमुख तथा अध्यक्षले प्रत्येक वर्षको लागि पालैपालो समितिको सदस्य भई काम गर्नेछन् ।
(४) अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष तथा मनोनीत सदस्यले आफ्नोे पद अनुरुप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।